होमपेज / अर्थ
माघ २५,सल्यान
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले टिमुर, फलफुल, तरकारी उत्पादनको हिसाबले सल्यान धेरै सम्भावनायुक्त जिल्ला भएको बताएका छन् । कृषि, पर्यटन, धार्मिक हिसाबले निकै सम्भावनायुक्त जिल्ला भएपनि स्थानीय सरकार र उद्योग वाणिज्य संघ बिच समन्वयको अभाव हुँदा समस्या आएको बताए ।
कोरोना महामारीले औद्योगिक क्षेत्रमा धेरै असर परेकाले उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताए । आइतबार सल्यान उद्योग बाणिज्य संघको १० औै बार्षिक साधारणसभा तथा ८ औै अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै शाहीले स्थानीय तह सरकार गठन भएको तीन वर्ष बितिसक्दा पनि स्थानीय सरकार र वाणिज्य संघ बिच समन्वय सहकार्यको अभाव रहेको बताए । स्थानीय तहमै रोजगारी सृजना गर्न जिल्लामा उत्पादन भएका बस्तुहरुलाई बजारीकरण गरी प्रवद्र्धन गर्नु पर्ने बताए । कर्णाली प्रदेशमा कृषि उत्पादनको प्रचुर सम्भावना भएपनि बजारीकरणको समस्या रहेको बताए ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्टले कृषि उत्पादनलाई बृद्धि गर्न आगामी दिनमा योजना बनाएर जानु पर्नेमा जोड दिए । जिल्लाको विकास गर्न नीजि लगानीको वातावरण पनि निमार्ण गर्नु पर्ने बताए ,।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य सुरकृष्ण बैधले उद्योगी व्यावसायीलाई करको दायारामा ल्याउनु पर्ने बताए ।
सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष वीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बाणिज्य सस्था सबैको साझा सस्था भएको बताए । यस्तै कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी सल्यान उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष भोलानाथ खड्की, संघका पुर्व अध्यक्ष टोपेन्द्र शर्मा, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ , आन्तरिक राजस्व कार्यलय दाङका कर अधिकृत गापिकृष्ण कोइराला ,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिब कर्ण बहादुर बुढाथोकी छहारी, नेपाली कांग्रेस सल्यानका पार्टी अध्यक्ष गणेश चन्दले मन्तव्य राखेका थिए ।