ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा झन्डै एक करोडको बदाम उत्पादन

  सल्यान खबर डेस्क २०७७ पौष ४ गते शनिबार १६:४९:३७ मा प्रकाशित

पुस ४,सल्यान
बदाम खेति तर्फ सल्यान किसान आर्कषित भएका छन् । थोरै लगानीबाट पनि राम्रो आम्दानी लिन सकिने भएपछि किसानहरु बदाम खेतीलाई व्यावसाय बनाउन थालेका हुन् । 

शारदा नगरपालिका ७ कजेरीका किसान वदाम सजिलै  विक्रि हुने भएपछि वदाम खेति तर्फ आर्कषित भएका छन् । कजेरीका किसानले समुहनै गठन गरेर १२० रोपनीमा खेति गरेका छन् । समुहका अध्यक्ष सुकलाल खड्काले वदाम खेतिलाई ब्यवसायिक वनाउन समुहनै वनाएर वदाम खेति गरेको वताए । उनका अनुसार  वदाम विक्रिमा समस्या नहुने र नगद रुपैयाँ पनि  हुने भएपछि किसान वदाम खेति तर्फ आर्कषित भएका छन् ।

कुमाख गाउँपालिका १ टाट्केका गिरिजा विसीले पाथिको १ सय ३० रुपैयाँका दरले बदाम बिक्री भई रहेको बताए । सम्बन्धित निकायले बजारको उचित व्यवस्थापन गरी दिए अझै बमादले बजार पाउने उनको भनाई छ । ‘अहिले बजारको उचित व्यवस्थापन नहुँदा श्रम गरे अनुसारको मूल्य पाउन सकेका छैनौं । बजारको व्यवस्था भए नगदेबालीको रुपमा विकास गर्न सकिन्छ’ उनले भने । 
जिल्लाका सवै ठाउँमा वदाम खेतिगर्न सकिने भएपनि शारदा नगरपालिका ७ कजेरी, कालिमाटी ४ असुरेनी, वनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे, कुमाख गाउँपालिका ४ कालागाउँ, शिद्धकुमाख गाउँपालिका वाझकाँडामा किसानले ब्यावसायिक वदाम खेतिगर्दे आएका छन् । 

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार वस्नेतले सल्यानमा २३८ हेक्टर क्षेत्रफलमा वदाम खेती भई रहेको बताए । उनले भने जिल्लामा ५ सय टन वदाम उत्पादन हुने गरेको छ । बदाम विक्रिवाट किसानले ७० लाख ८५ हजारसम्म  आम्दानी गर्दै आइरहेका छन्  ।

 कृषि विकास कार्यालय सल्यानले वदामखेतीलाई प्रवद्र्धन गर्न ,मल,विउ, सिचाई ,खेतजोत्न मेनि टेलर र वदाम स्टोर गर्न आवश्यक समाग्री आदिमा सहयोग गर्ने गरेको छ ।   कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले वदाम खेति प्रवद्र्धन पकेटक्षेत्र कार्यक्रम सञ्चालन  गरिएको वताए । उनका  अनुसार शारदा नगरपालिकाको कजेरी र कालिमाटी असुरेनीमा वदाम पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top