ट्रेण्डिङ

होमपेज / अर्थ

महको उत्पादन घटेपछि सल्यानका किसान मर्कामा

  सल्यान खबर डेस्क २०७७ पौष १ गते बुधबार १६:३१:१५ मा प्रकाशित

पुस १, सल्यान 
मह उत्पादनका लागि राम्रो सम्भावना रहेको सल्यानमा यस वर्ष भने मह उत्पादन घटेको छ । 

जिल्लामा पकेट क्षेत्रका रुपमा घोषणा भएका गाउँहरुमा मह उत्पादन घटन थालेपछि किसानहरु मर्कामा परेका छन् । मह उत्पादन घटेपछि मौरी पालक किसान चिन्तित बनेका छन् । 
गत वर्ष १४ क्विन्टल मह बिक्री गरेको कालिमाटी गाउँपालिका २ झिँगानेका लोकेन्द्र वलीले यस वर्ष मुस्किलले तीन क्विन्टल हुने बताए ।

मौरी पालनलाई प्रमुख व्यावसाय बनाएका वलीले यस वर्ष भने मह उत्पादन घट्दा समस्या भएको बताए । यस वर्ष चिउरी निकै कम मात्रामा फुल्नु तथा फूलेका फुलमा पनि रस नहुनु, वनमा झुसिलकिराको प्रकोप लगायतका कारण मह उत्पानन घटेको वलीको भनाई छ ।

 महको उत्पादन घट्दा जीविको पार्जनमा समेत समस्या भएको अर्का किसान वेत बहादुर वलीले बताए । गत वर्ष ६ क्विन्टल भन्दा बढी मह बिक्री गरेका वेत बहादुर यो वर्ष दुई क्विन्टल पनि नपुग्ने बताए । 
मह उत्पादन कम भएपछि यो वर्ष महको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष आठ सय रुपैयाँ किलो बिक्री भएको मह यो वर्ष भने एक हजार रुपैयाँमा बिक्री भएको छ । 

गत वर्ष सल्यानमा १२ मेटिक्टन मह उत्पादन भएको कृषि विकास कार्यालय सल्यानको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लामा करिब १ हजार ५ सय ३० भन्दा बढी मौरी घार रहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top