ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा मकैको उत्पादन बढ्यो

  सल्यान खबर डेस्क २०७७ मंसिर १९ गते शुक्रबार १६:३६:५५ मा प्रकाशित

मंसिर १९,सल्यान 
सल्यानमा यस बर्ष वर्षे बाली मकैको उत्पादनमा बृद्धि आएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाका बिभिन्न क्षेत्रहरुमा गरिएको मकैँ खेतीमा गत बर्षको तुलनामा यस बर्ष उत्पादन बृद्धि भएको हो ।

कार्यालयका अनुसार गत बर्षको तुलनामा यस बर्ष मकैँ उत्पादनमा १५ दशमलव ६६ प्रतिशतले उत्पादनमा बृद्धि भएको छ । चालु आर्थिक बर्षमा सल्यानमा १९ हजार ४० हेक्टर क्षेत्रफलमा गरिएको मकै खेतीमा ६८ हजार ५ सय ४४ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार गत बर्ष १९ हजार २५ हेक्टर क्षेत्रफलमा गरिएको मकैँ खेतीमा ५९ हजार २ सय ६१ मेट्रिक टन मकै उत्पादन भएको थियो । कोरोनाका कारण शहरबाट नागरिकहरु गाउँ फर्किएर कृषि कार्यमा लाग्नु, तरकारीले प्रख्यात कपुरकोट क्षेत्रमा यस बर्ष वर्षे तरकारी नलगाएर मकैँ रोप्नु जस्ता कारणले जिल्लाभर मकै उत्पादनमा बृद्धि भएको उनको भनाई छ ।

‘उन्नत जातको मकैँको वीउ वितरण गरिनु, आबश्यक ज्ञान प्रदान गरिनु तथा गत बर्षको तुलनामा बढी क्षेत्रफलमा खेती गरिएकाले पनि यस बर्ष मकैँ उत्पादनमा बृद्धि भएको हो’। जिल्लामा मकै प्रशस्त मात्रामा उत्पादन हुन्छ, जिल्लाभर उत्पादित मकै स्थानिय रुपमा खपत भएर केही जिल्ला बाहिर पनि निर्यात हुने गरेको उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top