ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानमा धान उत्पादन बढ्यो

  सल्यान खबर डेस्क २०७७ मंसिर १८ गते बिहीबार १८:१९:३५ मा प्रकाशित

मंसिर १८,सल्यान 
सल्यानमा यस बर्ष धान उत्पादनमा बृद्धि भएको छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाका बिभिन्न क्षेत्रहरुमा गरिएको धान खेती गत बर्षको तुलनामा यस बर्ष उत्पादन बृद्धि भएको हो ।
यस बर्ष ७ हजार ७६ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीमा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै ६ हेक्टर क्षेत्रफलमा गरिएको घैया धान खेतीमा १६ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । गत बर्ष ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २९ हजार ३ सय ९३ मेट्रिक टन धान उत्पादन भएको थियो ।

गत बर्षको तुलनामा बढी क्षेत्रफलमा धान खेती गरिनु, समयमा नै धान खेती शुरु गरिनु, हाइबे्रड धानको वीउ वितरण गरिनु, सिँचाइको सुविधा पुग्नुले पनि जिल्लाभर धान उत्पादन भएको कार्यालयको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top