ट्रेण्डिङ

होमपेज / अर्थ

विदेशबाट फर्केर भैसी पाल्दै युवा,मासिक ६० हजार आम्दानी

  सल्यान खबर डेस्क २०७७ मंसिर १० गते बुधबार १६:१७:५४ मा प्रकाशित

मंसिर १०,सल्यान 
वैदेशिक रोजगारीका क्रममा एक दशक मलेशिया र दुवै बिताएका राजेश कुमार बस्नेतले व्यावसायिक भैसी पालनबाट मनग्य आम्दानी गर्दै आइरहेका छन् ।

विदेशको लामो बसाई भन्दा नेपालमा केही गर्नु पर्छ भन्ने सोचका साथ फर्केर भैसी पालन सुरु गरेका हुन । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको नेपालमा कमाई हुने सोच राखेर बस्नेत भैसी फर्म दर्ता गरेर बस्नेतले बताए । 

सिद्ध कुमाख गाउँपालिका १ बेलायतीघारीका बस्नेतले ७ वटा ठूलो दुहुना र ६ वटा साना गरी १३ वटा भैसी पालन गरेका छन् । उनले भने ‘१० वर्षसम्म विदेशमा रहँदा हासिल गरेको ज्ञान भनेको विदेशमा जत्तिकैै दिनरात मेहनत गर्ने हो भने देशमै गर्न सकिन्छ भन्ने हो ।’ 

बस्नेत बिहान देखि नै भैसीको स्याहार सुसारमा खट्ने गरेका छन् । युवा अवस्थाका राजेशलाई भैसी पालन व्यावसायमा सन्तुष्टि मिलेको बताउँछन् । उनले भने ‘बिहानै उठेर भैसीको स्याहार सम्भार गर्ने, दुध दुहुने, बजारमा लान तयारी गर्ने गर्दा समय बितको थाहे हुँदैन ।’ 

दैनिक ३० देखि ३५ लिटर दुध बिक्री हुँदै आइरहेको उनको भनाई छ । बजारको माग अनुसार दुध पु¥याउन नसकेको बताउँदै राजेशकी श्रीमती तारा बस्नेतले बताइन । सधै अर्काको देशमा काम गर्नु भन्दा स्वदेशमै केही गरौं भन्ने सोचका साथ भैसी पालन गरेको ताराको भनाई छ । दुध बिक्रीबाट मासिक ५० देखि ६० हजारसम्म आम्दानी हुँदै आइरहेको बताउँदै ताराले भनिन ‘विदेशमा भएको भए पनि श्रीमानले यति धेरै कमाउँदेन्थ्ये होला तर अहिले यहाँ राम्र्रै कमाई भइरहेको छ ।’ 
हालसम्म झन्डै १४ लाख लगानी लागी सकेको बताउँदै ताराले आगामी दिनमा यही व्यावसायलाई वृद्धि गर्ने सोच रहेको बताइन । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top