ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानकाे अलैंचीले बजार नपाएपछि बोट नै उखेलेर फाल्न बाध्य किसान

  सल्यान खबर डेस्क २०७७ कार्तिक २५ गते मंगलबार १५:०७:०७ मा प्रकाशित

सल्यान : उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन्। 

विगतका वर्षहरुमा प्रतिकिलो दुई हजार पाँच सय रुपैयाँसम्म बिक्री भए पनि यस वर्ष ६ सय २५ रुपैयाँ किलोमा घट्दा अलैँची बिक्री हुन नसकेको हो। कोरोना भाइरस संक्रमणका कारण भएको लकडाउनपछि अलैँचीको कारोबार ठप्प छ। 

१ रोपनीमा अलैँचीले मूल्य नपाएपछि  घरमै थन्किएको बनगाड कुपिण्डे नगरपालिका वडा ६ काराकोटका ४६ वर्षीय टोप बहादुर पुनले बताए। ५ सय रुपैयाँ किलोमा पनि बिक्री नभएपछि धेरै बोटहरु फालेको उनले बताए। उनले भने, ‘अलैँची खेती गर्दा राम्रै मूल्य थियो तर अहिले फल दिन थालेपछि भने मूल्य नै छ।’ 

अन्नबाली लगाउने बारीमा अलैँची खेती गर्दै आएका किसान मूल्य गिरावट आएपछि मारमा परेको अर्का किसान भीम बहादुर यरीले बताए। उनले भने, ‘अलैँची बिक्री गर्न ग्राहक खोज्दै छु तर अहिलेसम्म भेट्टाएको छैन।’ 

अदुवा र बेसारपछि तेस्रो नगदेबालीको रहेको अलैँची जिल्लामा १५ हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए। जिल्लामा वार्षिक १६ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको उनले जनाए। 

नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति किसानको आकर्षण बढी रहेको समयमा निर्यात ठप्प हुँदा समस्या भएको आचार्यको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top