ट्रेण्डिङ

होमपेज / अर्थ

महिला सामुदायिक लघुवित्त वित्तिय संस्थाद्धारा कृषकलाई कृषि सामाग्री वितरण

  सल्यान खबर डेस्क २०७७ आश्विन २२ गते बिहीबार १५:५०:५० मा प्रकाशित

असोज २२, सल्यान 
महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लि. बागचौर शाखाले कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण व्यवसाय संकटमा परेका किसानलाई लक्षित गरी कृषि सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । 

किसानलाई उनीहरुको पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायमुखी बनाउन प्रेरित गर्ने उद्देश्यले अनुदानमा बोयर बोका, स्प्रे ट्यांकी, मोटर र लशुन वितरण गरिएको संस्थाले जनाएको छ । 

बिहिबार बागचौर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी १ लाख ४४ हजार ९ सय रुपैयाँको एक बोयर बोका, पाँच वटा स्प्रे ट्यांकी, २ वटा मोटर र ३ सय ८५ किलो लशुन  गरी २ लाख ४५ हजार ९ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको संस्थाका मोलाल भण्डारीले बताए । 
कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादनहरु संस्थाले नै बजारीकरण गर्ने समेत उनको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top