होमपेज / अर्थ
असोज २२, सल्यान
महिला सामुदायिक लघुवित्त वित्तिय संस्था लि. बागचौर शाखाले कृषकलाई कृषि सामाग्री वितरण गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण व्यवसाय संकटमा परेका किसानलाई लक्षित गरी कृषि सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।
किसानलाई उनीहरुको पेशालाई व्यवस्थित, आधुनिक र व्यवसायमुखी बनाउन प्रेरित गर्ने उद्देश्यले अनुदानमा बोयर बोका, स्प्रे ट्यांकी, मोटर र लशुन वितरण गरिएको संस्थाले जनाएको छ ।
बिहिबार बागचौर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी १ लाख ४४ हजार ९ सय रुपैयाँको एक बोयर बोका, पाँच वटा स्प्रे ट्यांकी, २ वटा मोटर र ३ सय ८५ किलो लशुन गरी २ लाख ४५ हजार ९ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको संस्थाका मोलाल भण्डारीले बताए ।
कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादनहरु संस्थाले नै बजारीकरण गर्ने समेत उनको भनाई छ ।