ट्रेण्डिङ

होमपेज / अर्थ

सल्यानका स्थानीय तहले अझै बुझाएनन् खर्च विवरण

  सल्यान खबर डेस्क २०७७ भाद्र १४ गते आइतबार १४:२७:१६ मा प्रकाशित

भदौ १४, सल्यान 
आफुले गरेको खर्चको विवरण  सल्यानका स्थानीय तहले अझै बुझाउन सकेका छैनन् ।

आर्थिक वर्ष सकिएको झन्डै दुई महिना पुग्न लाग्दा समेत जिल्लाका दशवटै स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण बुझाउन सकेका छैनन् । 

नयाँ आर्थिक वर्ष २०७७/०७८ को निकासा लिएर काम गर्नु पर्ने समय आइसक्दा समेत अघिल्लो आर्थिक वर्षको प्रतिवदेन पठाउन स्थानीय तहले ढिला गरी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका सूचना अधिकारी वुद्धिमान बस्नेतले बताए । उनले भने ‘साउन २५  गतेभित्र सबै पालिकाहरुले प्रतिवेदन बुझाई सक्नु पर्ने हो तर दुई हप्ता वितिसक्दा समेत कुनै पनि पालिकाले बुझाएका छैनन् ।’ 

खर्च वितरण बुझाउन पटक पटक ताकेता गरेपनि भोली भोली भनी टार्ने गरेको बस्नेतको भनाई छ । गत आ.व.को प्रतिवदेन नबुझाउदासम्म समानीकरणको बजेट बाहेक अन्य शिर्षकको बजेट निकासा नहुने उनले बताए । 

चालु आर्थिक वर्षका लागि जिल्लामा आएको ९६ करोड ३६ लाख समानीकरण अनुदान मध्ये पहिलो किस्ता वापत २४ करोड ९ लाख निकासा भएको बस्नेतले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top