होमपेज / अर्थ
माघ २१, सल्यान ग्रामीण बचत तथा ऋण सहकारी संस्थाको २५ औं स्थापना दिवस तथा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । २८ मनाइने स्थापना दिवस तथा रजत जयन्तीको अवसरका विभिन्न कार्यक्रम .गरिने आयोजकले जनाएको छ ।
स्थापना दिवसको अवसरमा २३ गते त्रिभुवन जनता माध्यमिक विद्यालय लुहापिङ र शिवजन माध्यमिक विदद्यालय शितलपाटीमा विद्यालय स्तरिय वित्तिय साक्षरता कार्यक्रम, २४ गते लुहापिङमा शारदा नगरपालिकाका सामुदायिक र सस्ंथागत विद्यालय स्तरी वक्तत्वकला प्रतियोगिता हुने संस्थाका सचिव सनत कुमार शर्माले जानकारी दिए ।

यस्तै २५ गते सल्यान अस्पताल सल्यानका विरामीहरुलाई फलफुल वितरण, २६ गतेदेखि २८ गतेसम्म घर घरमा दिपावली २७ गते विहान प्रारम्भिक सेवा केन्द्र उद्घाटन कार्यक्रम रहेको सचिव शर्माले बताए ।





.jpg)