ट्रेण्डिङ

होमपेज / समाज

मौसम पूर्वानुमानः आज राति हिमपात र वर्षाको सम्भावना

  सल्यान खबर २०७६ माघ २१ गते मंगलबार १०:५४:३१ मा प्रकाशित

मौसम पूर्वानुमान महाशाखाले आज राति हिमपात र वर्षाको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सार्वजनिक गरेको पूर्वानुमान सूचनामा महाशाखाले आज राति पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

महाशाखाले जारी गरेको सूचनमा लेखिएको छ , ‘राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।’

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली छैन । भने, देशको मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली भएको छ ।  यसैगरी, दिउँसो भने देशको पहाडी भूभागमा आंशिक बदली भइरहने महाशाखाले जनाएको छ । भने बाँकी भू–भाग सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top