होमपेज / समाज
२७ साउन सल्यान। सल्यानको कालिमाटिबाट अवैध रुपमा राखिएको चार नाल भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालिमाटी गाउँपालिका वडा नम्बर ५ बालुवा मनिकापुरका ७० वर्षका चन्द्र बहादुर रोका र ६७ वर्षका टेक बहादुर कुमाललाई अवैध हतियार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको गस्ती टोलीले घरमा अवैध रुपमा राखेको चार नाल भरुवा बन्दुक फेला पारेको प्रहरीले बताएको छ ।
पक्राउ परेका दुवैलाई हिरासतमा राखी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।





.jpg)