होमपेज / समाज
जेठ ३१,सल्यान
सल्यानमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । शारदा नगरपालिका १ श्रीनगर बसपार्क नजिकै आइतबार दिउँसो छत्रेश्वरी गाउँपालिका ७ की ४६ वर्षीया उमा रेउलेलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते रेउलेको उपचारका लागि सल्यान जिल्ला अस्पतालमा लगी चेकजाँच गर्ने क्रममा डाक्टरले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देजराज भट्टराईले जानकारी दिनु भयो ।
दाङ देखि सल्यान कुमाख जाँदै गरेको ना ३ ख ६६१६ नम्बरको बसले ठक्कर दिएको हो । ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।





.jpg)