ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बाँसका सामाग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम, व्यवसायिक बन्ने योजना

  सल्यान खबर डेस्क २०८३ जेठ २७ गते बुधबार १८:१८:०१ मा प्रकाशित

जेठ २७,सल्यान 

सल्यान शारदा नगरपालिका १३ स्यानीखालका महिलालाई बाँसका घरायसी सामाग्री बनाउने तालिम दिइएको छ । आयआर्जन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यमा साथ दस दिने बाँसबाट बन्ने छिटनी बनाउने तालिम प्रदान गरिएको हो । 

महिलाले छोटो समयमै बाँसबाट घरायसी काममा प्रयोग हुने छिटनी बनाउन सक्ने गरी तालिम प्रदान गरिएको छ । गाउँमा रहेका महिलाहरुलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन यो तालिम निकै फलदायी हुने विश्वास लिइएको शारदा नगरपालिका उपमेयर सुस्मिता सापकोटा सुनारले बताउनु भयो । महिलालाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन तथा सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति जनाउन महिला सिपमा पनि निपुन हुनु पर्ने उहाँको भनाई छ । महिलाहरु आत्मनिर्भर नभएकै कारण घरपरिवार तथा 
समाजबाट समेत हिंसाको शिकार हुन बाध्य भइरहेको बताउनु भयो । 

यस्तै वडाध्यक्ष जंग बहादुर बुढाले सिप सिकिसकेपछि त्यसलाई निरन्तरता दिनु पने बताउनु भयो । प्रत्येक वर्ष यस्ता तालिम भइरहेकाले सिप सिकेपछि व्यवहारमा लागु गर्न आग्रह गर्नु भयो । पछिल्लो समय घरेलु उत्पादित बस्तुको माग भइरहेकाले तालिम सिकेकाले निरन्तरता दिएर आत्मनिर्भर बन्नु पर्ने बताउनु भयो । 

तालिममा सहभागि लिला कंवरले आफूहरुले लिएको सिप व्यवहारमा उतार्ने र निर्माण सामाग्रीको विक्रिवितरणका लागि पहल गरिदिनु पर्ने बताउनु भयो । तालिम उपयोगि भएकाले आगामी दिनमा सिकेको सिपलाई सदुपयोग गर्ने बताउनु भयो । उहाँले भन्नु भयो पुरुषले गर्र्दै आएको बाँसका सामाग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ । गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुँदै आइरहेको छ । सिक्दै जाँदा सम्भव हुने रहेछ । गाउँमा बाँस पाइन्छ । तालिम पश्चात व्यवसाय गर्ने सोच रहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top