होमपेज / समाज
जेठ २०,सल्यान
जिल्ला प्रहरी कार्यालय सल्यानले बहुविवाहमा फरार प्रतिवादी पक्राउ गरेको छ । शारदा नगरपालिका ६ की ४५ वर्षीया चन्द्रा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुढाथोकीलाई सल्यान जिल्ला अदालतले २०८१ वैशाख २५ गते २ वर्ष ६ महिनाको कैद सजाय फैसला गरेको थियो । फरार प्रतिवादीलाई शारदा नगरपालिका २ खलंगा बजारबाट (आज) बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव राज भट्टराईले जानकारी दिनु भयो । फैसला कार्यान्वयनका जिल्ला सल्यान जिल्ला अदालत पठाइएको उहाँको भनाई छ ।





.jpg)