होमपेज / समाज
जेठ १७,सल्यान
सल्यान प्रहरीले निगालचुलाको एक सामुदायिक वनबाट अवैध तीन थान भरुवा बन्दुक बरामद गरेको छ । बनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला स्थित बस्नेयुरा सामुदायिक वनबाट अवैध बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सामुदायिक वनमा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा तीन नाल बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
प्रहरीले निगालचुलाकै शिवगुफा सामुदायिक वनमा लुकाई रोखेको तीन नाल भरुवा बन्दुक यहि जेठ १४ गते बरामद गरेको थियो ।





.jpg)