ट्रेण्डिङ

होमपेज / समाज

दार्मामा पुर्ण सरसफाइ कार्ययोजना समिक्षा अद्यावधिक कार्यशाला गोष्ठी सम्पन्न

  सल्यान खबर डेस्क २०८३ जेठ १५ गते शुक्रबार २०:५५:४४ मा प्रकाशित

   दार्मा गाउँपालिका सल्यानले स्थानीयतहमा मानव मलमुत्रजन्री फोहोर ब्यबस्थापन सहितको पुर्ण सरसफाइ कार्ययोजना समिक्षा अध्याबधिक कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।दार्मा गाउँपालिका सल्यानको सहिद स्मृती सभाहलमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ।

कार्यशाला गोष्ठीमा स्थानीय तहलाई सुरक्षीत तथा ब्यबस्थित सरसफाइको अबधारङ बारे जानकारी दिईएको थियो।खुला दिसामुक्त अबस्था बाट पुर्ण सरसफाइको यात्रामा मानव मलमुत्र जन्री फोहोर ब्यबस्थापनको अबधारङ र महत्त्व बारे बुझाईएको थियो।स्थानिय तहमा मानव मलमुत्रजन्य फोहोर ब्यबस्थापन सम्बन्धि कार्ययोजना निर्माण तथा प्रभाबकारी कार्यन्वायन क्षेमताका बिषयमा सुस्वा ( PSU) आयोजना सहयोग इकाई वास सल्लाहकार ( FSM) नन्दलाल धरला र अम्बादत्त अबस्थीले सहजीकरण गर्नुभएको थियो ।

दार्मा गाउँपालिका वास इकाई सल्यानको आयोजना तथा आयोजना सहयोग इकाई ( PSU) बिरेन्द्रनगर सुर्खेतको सहजीकरणमा कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यशाला   गोष्ठीमा दार्मा गाउँपालिका उपाध्यक्ष ६ वटै वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु गाउँसभा सदस्यहरु र टोल बिकास सस्थाका अध्यक्ष , विद्यालयका प्र अ को सहभागीता रहेको थियो।
दार्मा गाउँपालिका सामाजिक बिकास समिती संयोजक पुस्पान्जली मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन दार्मा गा पा वास सहजकर्ता पुस्पा के सी रोकायले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top