होमपेज / समाज
जेठ १४,सल्यान
सल्यानबाट बाँकेको नेपालगञ्ज लिदै गरेको अवैध काठ सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारदेखि नेपालगञ्ज लिदै गरेको १९१ दशममलव ७८ क्युफिट (२३२) थान मसला जातको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
काठ सहित ढुवानीमा संलग्न चालक र सवारी साधनलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिधारी देवराज भट्टराईले जानकारी दिनु भयो । बरामद गरिएको काठ, चालक र साधनलाई आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय बनगाडमा पठाइएको उहाँको भनाई छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका ११ बालुवासंग्रहीबाट अवैध जडिबुटी सहित दुई जनालाई पक्राउ गरेको छ । ढोरपिपलबाट सुर्खेत जाँदै गरेको डबल क्याप जिपबाट १ बोरा तेजपात,११ बोरा गिठीको बोक्रा र १ बोरा गर्जेगाना नियन्त्रणमा लिएको छ । चेकजाँचका क्रममा फेला परेको जडिबुटी सहित चालक, जडिबुटी धनी र सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अवैध बालुवा ढुवानी गर्ने टिप्पर नियन्त्रण
अवैध रुपमा बालुवा उत्खनन् तथा ढुवानीमा संलग्न भएको भन्दै प्रहरीले एक टिप्पर नियन्त्रणमा लिएको छ । कुमाख गाउँपालिका ३ रागेचौरबाट अवैध बालुवा ढुवानी गरेको भन्दै एक टिप्परलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको टिप्परलाई आवश्यक कारवाहीका लागि कुमाख गाउँपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।





.jpg)