ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट कृषक सम्मानित

  सल्यान खबर डेस्क २०८३ जेठ १२ गते मंगलबार १६:३२:१३ मा प्रकाशित

कुमाख गाउँपालिका सल्यानले गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट कृषकलाई सम्मान गरेको छ। कृषि तथा पशुपालन पेसालाई व्यावसायिक, प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्न र कृषकलाई प्रोत्साहित गर्न २७ कृषकलाई सम्मान गरेको हो । 

गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट  कृषितर्फ २० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका कुमाख गाउँपालिका– ५ का धर्मे बुढाथोकी र पशुपालन गर्न बाख्रापालन गर्दै आएका वडा नं. ६ का खिमे बुढाथोकीलाई समान ४८ हजार नगदसहित सम्मान गरिएको छ । कृषितर्फका २१ र पशुपालनतर्फ ६ गरी २७ कृषकलाई सम्मान गरिएको कुमाख गाउँपालिका पशुपक्षी विकास शाखाका पशु विकास अधिकृत विष्णु केसीले जानकारी दिए । 

उनका अनुसार कृषितर्फ व्यावसायिक कृषक प्रोत्साहनतर्फ २० र पशु विकासतर्फ व्यावसायिक कृषक प्रोत्साहनतर्फ तीन र तीन वा तीनभन्दा बढी माउ भै‌ँसीपालक कृषक प्रोत्साहन कार्यक्रमतर्फ दुईजनालाई नगदसहित सम्मान गरिएको उनकाे भनाइ छ । कृषकहरूलाई लगानी तथा उत्पादनका आधारमा ३० हजारदेखि ६ हजार रुपैयाँ र कदरपत्रले सम्मान गरिएको उनको भनाइ छ । 

गाउँपालिकाले व्यावसायिक रूपमा पशु तथा कृषि पेसा अंगाल्दै आएका कृषहहरूलाई सार्वजनिक सूचनामार्फत आवेदन माग गर्ने र आवेदनका आधारमा स्थलगत अनुमगन गरी छनाेट गर्ने गरेको कृषि शाखा प्रमुख सरोज खड्काले बताए।पुरस्कार ग्रहण गर्दै व्यावसायिक बाख्रापालन गर्दै आएका कुमाख गाउँपालिका– ६ का खिमे बुढाथोकीले गाउँपालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै आफूलाई अझै काम गर्ने हौसला थपेको बताए। आफ्नो कर्ममा निरन्तर लागिपर्दा सफलता पाइँदोरहेछ भनेर आजको यो कार्यक्रमले पनि पुष्टि गरेको उनको भनाइ छ । 

कृषक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले कृषकलाई प्रोत्साहित गरेर उत्पादनमा वृद्धि गराउनु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए। नागरिकको जीवनस्तरमा सुधार ल्याउन कुमाख गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको दाबीसमेत  गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top