होमपेज / समाज
वैशाख ७,सल्यान
सल्यानको बनगाड कुपिण्डेमा आगलागी हुँदा चार घरगोठमा आगलागी भएको छ । बनगाड कुपिण्डे नगरपालिका १० खानीगाउँमा आगलागी भएको चार घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
स्थानीय ६५ वर्षीय तेज बहादुर पुनको गोठबाट एक्कासी लागेको आगो अन्य घरहरुमा फैलिएको थियो । गोठबाट लागेको आगोले थमन घर्ती, जीवन घर्ती, र खुम बहादुर पुनको खरले छाएको दुई ÷ दुई तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो ।
वस्तीमा लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा झन्डै साढे तीन घण्टापछि नियन्त्रणमा लिएको उहाँको भनाई छ । मानविय तथा पशु चौपायको क्षति नभएपनि अन्य भौतिक क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको भट्टराईले बताउनु भयो ।





.jpg)