होमपेज / समाज
वैशाख ६,सल्यान
सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । गभ्भीर घाइते बनगाड कुपिण्डे नगरपालिका ८ का ३० वर्षीय मन बहादुर थापाको मेहलकुना अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । यसअघि सल्यान जिल्ला अस्पतालमा बनगाड कुपिण्डे नगरपालिका ८ का ५० वर्षीय टोप बहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्ण बहादुर पुनको मृत्यु भएको थियो ।
बनगाड कुपिण्डे नगरपालिका ८ थाराबाट कालिमाटी गाउँपालिका १ लक्ष्मीपुर जन्ती बोकेर आउँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप शनिवार साँझ शोही नगरपालिका १० पुछालामा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते बनगाड कुपिण्डे नगरपालिका ८ का ६४ वर्षीय अम्मर सिहं कँवर, २७ वर्षीय ढम्मर घर्ती, ३० वर्र्षीय जनक थापा, ४९ वर्षीय भुपेन्द्र कँवर, ३० वर्यीय भुल बहादुर थापा, २८ वर्षीय नरसिहं थापा, ३८ वर्षीय कर्ण बहादुर थापा १५ वर्षीय तिलक थापाको नसिहंहोप नेपालगञ्ज र ५६ वषीय जुग सिहं पुन र जिप चालक ३८ वर्षीय कुल बहादुर रानाको न्युरो अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनु भयो ।
यहाँका अनुसार ३८ वर्षीय अम्मर पुन, २५ वर्षीय प्रेम बहादुर घर्ती, २५ वर्षीय नर बहादुर थापा र ४५ वर्षीय लाल बहादुर घर्तीको उपचार पश्चात मेहलकुना अस्पताल सुर्खेतबाट डिस्चार्ज भएका छन् ।





.jpg)