ट्रेण्डिङ

होमपेज / समाज

बिरामी सवार एम्बुलेन्स तोडफोड र चालकमाथि आक्रमण

  सल्यान खबर डेस्क २०८२ चैत्र ७ गते शनिबार १०:५६:१० मा प्रकाशित

 चैत ७,सल्यान 
विरामी बोकेर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स सुर्खेतमा शनिबार राति तोडफोड र चालकमाथि हातपात  भएको छ । 
रूकुम पश्चिमको चौरजहारीबाट विरामी बोकेर नेपालगञ्जतर्फ जाँदै गरेको सल्यान कुमाख गाउँपालिकाको कर्णाली प्रदेश ०२.००१ भ  ०१३८ नम्बरको एम्बुलेन्समाथि  अज्ञात समूहले आक्रमण भएको हो । 

सुर्खेतको छिन्चु नजिकै पर्ने रामघाटमा राति करिब १० बजेको समयमा ८–९ जनाको समूहले एम्बुलेन्स रोकेर आक्रमण गरेको एम्बुलेन्स चालक बसन्त शर्माले जानकारी दिनु भयो । एम्बुलेन्समा विरामी र एक जना कुरुवा रहेका थिए ।
गाडीबाट तानेर आक्रमणकारीहरूले कुटपिट गरेको उहाँको भनाइ छ । ज्यानको जोखिम भएपछि भागेको र आफू भागेपछिे एम्बुलेन्समा समेत तोडफोड गरेको शर्माले बताउनु भयो । 

चालक शर्माका अनुसार आक्रमणकारीहरूले सडकमा अवरोध सिर्जना गरी एम्बुलेन्स रोकेका थिए र एक्कासी चालकमाथि हातपात सुरु गरेका थिए ।
चालक शर्माले घटनापछि प्रहरीलाई जानकारी गराएपछि करिब आधा घण्टामा प्रहरी घटनास्थलमा पुगेको थियो ।  तर, प्रहरी घटना स्थलपुग्दासम्म आक्रमणकारीहरू भागि भइसकेका थिए ।
तोडफोड भएकै अवस्थामा एम्बुलेन्सले विरामीलाई लिएर सोही रात नेपालगञ्ज पुग्न सफल भएको चालक शर्माले जानकारी दिनु भयो । उहाँले  भन्नु भयो ‘विरामीको सेवामा रातदिन खटिने एम्बुलेन्स  चालकमाथि आक्रमण हुनु अत्यन्त दुःखद हो । दोषीमाथि कारबाही होस ।’ 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top