होमपेज / समाज
चैत २,सल्यान
सल्यान श्रीनगरमा जथाभावि अव्यवस्थित पार्किङ गरे २ हजार ५ सय जरिवाना गरिने भएको छ । सोमबार शारदा नगरपालिका र जिल्लामा सञ्चालित विभिन्न यातायात व्यवसायी बिचको बैठकले यस्तो निर्णय भएको हो ।
बैठकले सम्पुर्ण यात्रुबाहक सवारीसाधनहरु (बस,अटो,रिक्सा,सानो भ्यान गाडी ) श्रीनगरको आधुनिक बसपार्कबाट संचालन गर्ने, गराउने र सो कार्यका लागी सम्बद्ध यातायात व्यवसायी तथा प्रालिहरुले सहयोग र सहजीकरण गर्ने, २०८२ चैत्र ५ गते देखि कार्यान्वयनमा सम्बद्ध यातायात प्रालिहरुले कडाइका साथ पालना गर्ने, बसपार्क बाहेक अन्य स्थानबाट यात्रुबाहक सवारी साधनहरु संचालन गरेको वा सो कार्यलाई प्रोत्साहन गरेमा सम्बन्धित सवारी साधनलाई जरिवाना स्वरुप २ हजार असुल उपर गर्ने निर्णय गरिनुका साथै बसपार्क बाहेक अन्य क्षेत्रमा जथाभावी अव्यवस्थित पार्किङ गरेको पाइएमा जरिवाना स्वरुप रु २ हजार ५ सय रकम असुल उपर गर्ने निर्णय भएको शारदा नगरपालिकाले जनाएको छ ।
यस्तै बसपार्क भित्र यात्रुबाहक सवारी साधनहरु प्रवेश तथा पार्किङ गरे बापत यात्रुबाहक बसका लागि १ सय ५०,जिप भ्यानको लागी १ सय र अटो रिक्साको लागि ३० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यात्रुबाहक सवारी साधनहरुले ( दाङ नेपालगन्ज,रुकुम र काठमाण्डौ बाट बसपार्क गेट पास बापत तिरेको रकम रसिद एकोहोरो रुट बापत २४ घण्टा अवधी कायम रहने भएको छ।
बैठकमा बोल्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले श्रीनगरको बसपार्कलाई व्यवस्थित गर्न सवैको हातेमालो आवश्यक पर्ने बताउनु भयो ।उहाँले जिल्लाको गौरवको आयोजना भएकाले यसलाई निर्माण गर्नु मात्र नभएर प्रभावकारी तरिकाले सन्चालन गर्नु प्रमुख बिषय भएको बताउनु भयो । नगर प्रमुख भण्डारीले बसपार्क निर्माण गर्दा पुगेको क्षतिलाई पुर्ती गर्नको लागि सवै एक हुनुपर्नेमा जोड दिनु भयो ।
बैठकमा सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्द कुमार राइले बसपार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नको लागि यातायात प्रालिको समेत महत्त्वपूर्ण जिम्मेवारी हुने भएकाले त्यसलाई पूरा गर्नको लागि आफुहरु निरन्तर लागि पर्ने बताउनु भयो ।उहाँले बसपार्कको अस्तित्व कायम गरि व्यवसायी लाई आफ्नो पेशाको सुरक्षा गर्न र यात्रुलाई यात्रुमैत्री वातावरण निर्माण गर्न सवै प्रालिहरु संग सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो ।
बसपार्क भित्रबाट व्यवस्थित तरिकाले गाडी संचालन गर्ने व्यवस्थापन मिलाउनको लागि आफुहरु नियमित फिल्डमा खटिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पुर्ण केसीले बताउनु भयो ।बैठकमा जनप्रतिनिधि,यातायात प्रालिका संचालक तथा कर्मचारी निर्माण कम्पनिका संचालक,सुरक्षा निकायका प्रमुख प्रतिनिधि,पत्रकार लगायतको सहभागिता रहेको थियो ।





.jpg)