ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बेपत्ता युवक एक सातापछि मृत भेटिए

  सल्यान खबर डेस्क २०८२ चैत्र २ गते सोमबार ०६:५५:०३ मा प्रकाशित

घरबाटै बेपत्ता भएका सल्यानको दार्मा गाउँपालिका–६ भुर्तिबाङ्गका २६ वर्षीय का बालकृष्ण चन्द एक सातापछि मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बेपत्ता भएका चन्द कुमाख गाउँपालिका–५ ठूलाखोलास्थित खोल्सामा मृत अवस्थामा फेला परेका हुन्। 

चन्दको शव सडेको अवस्थामा शनिबार फेला परेको जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीले बताए । मोबाइलबाट चन्दको शवको पहिचान खुलेको हो । 

प्रहरी निरीक्षक केसीका अनुसार चन्दको शव जिल्ला अस्पताल सल्यानमा ल्याएर राखिएको छ । घरबाट घुम्न निस्किएका चन्द फागुन २५ देखि बेपत्ता  थिए । घटनाको अनुसन्धान भैरहेको प्रहरी निरीक्षक केसीले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top