होमपेज / समाज
फागुन २३,सल्यान
नेपाली कम्युनस्टि पार्टीका रमेश कुमार मल्ले २ हजार २ सय ४३८ मतले अग्रता कायमै राख्नु भएको छ ।
सल्यानमा २९ हजार ६ सय १३ मतको गणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लले ९ हजार १ सय २ मत ल्याएर अग्रता लिइ रहनु भएको छ । उहाँलाई रास्वपाका ललित कुमार चन्दले पच्छाई रहनु भएको छ । चन्दले ६ हजार ८ सय ६४ मत ल्याउनु भएको छ । यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्टले ५८२६, एमालेका गुलाब जंग शाहले ५१८७ मत प्राप्त गर्नु भएको छ ।
जिल्लाका ११७ मतदानस्थलका २०५ मतदान केन्द्रबाट करिब ५१ प्रतिशत अर्थात ८४ हजार २०१ मत खसेको छ ।जसमा महिला ४६ हजार ९५९ र पूरुष ३७ हजार २४२ जनाले मत हालेका थिए ।
जिल्लामा ८३ हजार ३२१ पुरुष र ७९ हजार १२८ महिला गरी १ लाख ६२ हजार ४४९ मतदान रहेका थिए ।





.jpg)