ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बिहान ८ बजे सर्वदलिय बैठक बस्दै

  सल्यान खबर डेस्क २०८२ फाल्गुण २२ गते शुक्रबार ०७:३४:२१ मा प्रकाशित

फागुन २२,सल्यान 
मतपेटिका संलकन भएसँगै सल्यानमा आज बिहान ८ बजेका लागि सर्वदलिय बैठक बस्ने भएको छ । आज बिहान २ः३० बजेसम्म मतपेटिकाहरु सदरमुकाम खलंगामा  मतपेटिका आइपुगेका थिए ।

भौगोलिक विकटता र लामो दुरीका कारण मतपेटिका संकलनमा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 
सर्वदलिय बैठक बसी आवश्यक आचारसहिंता र केही निर्णय गरेपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिनु भयो । मतगणना सुरु गरेको २४ घण्टा भित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उहाँको भनाई छ । 
मतगणनाका लागि जिल्ला समन्वय समितिको ठुलो हल तयारी गरिएको छ । उक्त हलमा सिसि क्यामेरा र तारजालिको घेरबार सहित मतगणनास्थललाई सुरक्ष्ँित बनाइएको छ । दुई स्थानमा मतगणना गरिने उहाँको भनाई छ । 

१ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ५१ प्रतिशत अर्थात ८२ हजार २०१ मत खसेको प्रारम्भिक विवरण छ । यद्यपी वास्तविक विवरणको अझै रुजु भइ नसकेको र रुजु गर्ने कार्य भइरहेको उहाँको भनाई छ । ११७ मतदानस्थल ,२०५ मतदानकेन्द्र र ३ अस्थायी मतदान केन्द्रमा मतदाताले मत हालेका थिए । 
सल्यानमा २ स्वतन्त्र सहित १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top