ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मतपेटिका सङ्कलन हुँदै

  सल्यान खबर डेस्क २०८२ फाल्गुण २१ गते बिहीबार २२:४५:२५ मा प्रकाशित

सल्यानमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपेटिका  सङ्कलनको काम धमाधम भइरहेको छ।

बेलुकी ५ बजे मतदान सकिएपछि मतपेटिका सङ्कलनको काम भइरहेको हो । विभिन्न केन्द्रका मतपेटिका सिल गरेर सङ्कलन गरी मतगणनास्थलमा आउन थालेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

जिल्लाका ११७ मतदानस्थल र २०५ मतदान केन्द्र र अस्थायी ३ मतदान केन्द्रका मतपेटिका आउने क्रम चलिरहेको मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीले जानकारी दिनु भयो । रातको १ बजेसम्म जिल्लाका सम्पूर्ण मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने अनुमान गरिएको उहाँको भनाई छ । विशेषगरी दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाबाट मतपेटिका आउन समय लाग्ने उहाँले बताउनु भयो । 

मतपेटिका सङ्कलन भइसकेपछि उम्मेदवार र राजनीतिक दलहरूसँग छलफल गरेर मतगणनाकोसमय निर्धारण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top