ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ४८ प्रतिशत मत खस्यो

  सल्यान खबर डेस्क २०८२ फाल्गुण २१ गते बिहीबार २०:३८:४४ मा प्रकाशित

फागुन २१,सल्यान 
प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न मतदानमा सल्यानमा प्रारम्भिक रुपमा ४८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कुल १ लाख ६२ हजार ४४९ मतदाता मध्ये प्रारम्भिक विवरणअनुसार ४८ दशमलव  ४२ प्रतिशत मत खसेको छ । २०६९ को निर्वाचनमा ८३ हजार ७०४ मत अर्थात ५३ दशमलव ०८ प्रतिशत मत खसेको थियो । 

जिल्लामा मतदानका लागि १ सय १७ मतदान स्थल र २ सय ५ मतदान केन्द्र निर्धारण गरिएको थियो । प्रतिनिधिसभा सदस्य पदका लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।  तीमध्ये १२ जना विभिन्न राजनीतिक दलका र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । 

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षाको विशेष व्यवस्था गरिएको थियो ।  नेपाली सेना र सशस्त्र प्रहरी बलका टोली १३ स्थानमा खटिएका थिए भने १ हजार ४०६ जना म्यादी प्रहरीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको उल्लेख्य संख्यामा परिचालन गरिएको थियो।

जनीतिक दलतर्फ नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा (एमाले)का गुलाबजंग शाह, नेकपाका रमेश मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका ललितकुमार चन्द तथा नेकपा (माओवादी)का चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली, नेसनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती, संयुक्त नागरिक पार्टीका कालीदास विक, जनमोर्चा नेपालकी कमला डाँगी, मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती तथा श्रम संस्कृति पार्टीका धनबहादुर बुढा प्रतिस्पर्धामा छन्। स्वतन्त्रतर्फ ध्रुवराज ओली र जुद्धकुमार सिंह उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top