ट्रेण्डिङ

होमपेज / समाज

सल्यान गाडी दुर्घटना अपडेट : १५ जना घाइते (नामावली सहित)

  सल्यान खबर डेस्क २०८२ श्रावण ८ गते बिहीबार १५:२८:३६ मा प्रकाशित

साउन ८,सल्यान 
सल्यानमा गाडी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । नेपालगञ्जबाट सल्यानको रागेचौर जाँदै गरेको भे १ ख ३९९४ नम्बरको  SML गाडी कुमाख गाउँपालिका २ बराई जिउला मोडमा अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ४ का अन्दाजी २८ वर्षीय चालक पारस आचार्य, ३६ वर्षीय भुपेन्द्र बस्नेत, ६३ वर्षीय टिकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका ९ की ३१ वर्षीया तुलसा सुनार, सल्यान कुमाख गाउँपालिका २ की ३२ वर्षीया दिपा बुुढाथोकी, उहाँकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । 

यस्तै कुमाख गाउँपालिका १ का १६ वर्षीय इन्द्र रावत, कुमाख ४ का ५६ वर्षीय डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ का ८४ वर्षीया चन्द्री बस्नेत, ३१ वर्षीया कुन्ता विष्ट, सल्यान कुमाख गाउँपालिका ४ का ३५ वर्षीया निर्मला बुढाथोकी, १० वर्षीया जेनिसा राना, ६ वर्षीय महेन्द्र बस्नेत र ६२ वर्षीय कलिमान हमाल र २३ वर्षीय भुवन लामिछाने रहेको प्रहरीको भनाई छ । 

घाइते १४ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने भुवन लामिछानेलाई मिसन अस्पताल चौरजहारी पठाइएको बस्नेतको भनाई छ ।  घाइते मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकको मोडबाट झन्डै २५ मिटर तल  अर्को सडकमा खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top