ट्रेण्डिङ

होमपेज / समाज

रुकुम चौरजहारी जाँदै गरेको हाइस सल्यान नेटामा दुर्घटना

  सल्यान खबर डेस्क २०८२ श्रावण ८ गते बिहीबार १३:२५:१० मा प्रकाशित

साउन ८,सल्यान 
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको हाईस गाडी दुर्घटना भएको छ । बिहीबार दिँउसोे सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै भे १ ख ३९९४ नम्वरको हाईस दुर्घटना भएको हो । 

नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहनुभएका यात्री ओम केसीले जानकारी दिनुभयो । उहाँ अनुसार गाडी चालक पारस आचार्य सहित करिब एक दर्जन यात्रुहरु घाईते भएका छन् । घाईते मध्य केहीको अवस्था गम्भिर रहेको छ । 
ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको बताउनु भयो । दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको छ । अहिले स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top