होमपेज / समाज
साउन ७,सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकामा डोजर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार साँझ छत्रेश्वरी गाउँपालिकाको बा १ ग ३५४० नम्बरको डोजर छत्रेश्वरी गाउँपालिका १ फारुलीबोट नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा परी डोजर अपरेटर चित्र बहादुर खत्री र स्काभेटरका अपरेटर हिमलाल विक घाइते भएको छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमालले जानकारी दिनु भयो । छत्रेश्वरी गाउँपाकिला १ को दमाचौर र वडा न २ को बुराँसे जोड्ने सडक निर्माणको क्रममा दमाचौर तर्फ तेल लिन आउने क्रममा ब्रेक भएर डोजर दुर्घटना भएको हमालको भनाई छ ।
डोजर सडकबाट करिब ५० मिटर तल खसेको छ । घाइते दुवैको टाउकोमा चोट देखिएको छ । घाइते दुवै जनाको दमाचौरमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि श्रीनगर पठाइएको हमालले बताउनु भयो ।





.jpg)