ट्रेण्डिङ

होमपेज / समाज

सुरक्षामा खटिएका प्रहरीले गरे सल्यानमा पाँच किमि सडक मर्मत

  सल्यान खबर डेस्क २०८२ श्रावण ७ गते बुधबार १५:३१:०४ मा प्रकाशित

साउन ७,सल्यान 
शान्ति सुरक्षामा खटिने प्रहरीले सल्यानमा झन्डै पाँच किलोमिटर सडक मर्मत गरेका छन् । कर्णाली प्रदेश जोड्ने खलंगा सुर्खेत सडकखण्ड अन्तर्गत बावियाचौर खण्डको ५ किलोमिटर सडक मर्मत गरेका हुन । 

दुर्घटनालाई मध्यनजर गर्दै वर्षातले खाल्डाखुल्डी र विग्रिएको सडकमा नाला खन्न तथा खाडल पुर्ने काम गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले जानकारी दिनु भयो । प्रदेश राजधानी जाने मुख्य सडक नै जोखिमयुक्त भएपछि ४५ जना प्रहरी परिचालन गरेर सडक मर्मत गरिएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘हामी शान्ति सुरक्षामा खटिएपनि नेपाली नागरिकको हैसियतले आफूले खाल्डाखुल्डी पुर्ने तथा नाला खन्ने काम गरेका हौ ।’ 

सडकको खाल्डाखुल्डीले सवारी दुर्घटना समेत हुन सक्ने हुँदा यसलाई गम्भिरताका साथ लिएर काम गरेको उहाँको भनाई छ । नेपालको एक सय पर्यटकीय गन्तव्य भित्र पर्ने कुपिण्डे तालसम्म पुग्न पनि यही सडक भएकाले आन्तरिक तथा बाह्रय पर्यटकलाई आवतजावत गर्न समेत सहज होस भनेर सडक मर्मत गरिएको केसीले बताउनु भयो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top