ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा फरार चार प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०८२ श्रावण ६ गते मंगलबार १८:३४:५१ मा प्रकाशित

साउन ६,सल्यान 
सल्यान प्रहरीले कुटपिट मुद्धामा फरार रहेका चार प्रतिवादीलाई पक्राउ गरेको छ । 
जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ का २६ वर्षीय राम बहादुर राना, ३९ वर्षीय मनवर्ती घर्ती, २२ वर्षीय हरिलाल वि.क र ३६ वर्षीय रमेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यान जिल्ला अदालतले २०८१ फागुन २१ गते जनही २०/२० दिन र जनही ३५ हजारका दरले जरिवाना तोकेको थियो । 

अदातलले फैसला गरेदेखि फरार रहेका उनीहरुलाई आफ्नै गाउँघरमा लुकिछुपि बसी रहेको अवस्थामा मंगलबार (आज) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top