होमपेज / समाज
सल्यान — गत फागुनमा सल्यानको कालिमाटी गाउँपालिकाका ५७ वर्षीय पुरुषले चकलेट किनेर खान दिई ललाइफकाइ आफ्नै घरको कोठामा लगेर स्थानीय तीन बालिकामाथि बलात्कार गरे । उनी अहिले जेल सजाय भोगिरहेका छन् ।
गत फागुन २९ गते होलीका दिन आफन्तको विवाहमा गएर घर फर्किंदै गरेकी जिल्लाको सिद्धकुमाख गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई पिछा गरेर घर नजिकैको गहुँबारीमा लगेर सलले मुख छोपी छिमेकी १९ वर्षका किशोरले जबरजस्ती बलात्कार गरे । उनी पनि अपराधको सजाय जेलभित्रबाट काट्दै छन् ।
सल्यानमा मात्र गत आर्थिक वर्ष २०८१-८२ मा यस्ता बलात्कारका २६ घटना भएका छन् । जसमा महिला, किशोरी, बालबालिका बलात्कारको सिकार भएका छन् । उनीहरु प्राय: छिमेकी र चिनेजानेको मान्छेबाट हिंसामा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार २० जना बलात्कृत भएका छन् भने ६ जनामा बलत्कारको प्रयास भएको छ । बलात्कृत भएकामा धेरै बालिका र किशोरी छन् ।
ekantipur





.jpg)