ट्रेण्डिङ

होमपेज / समाज

चोरखोलामा पहिरो झर्दा राप्ती राजमार्ग पूर्णरुपमा बन्द

  सल्यान खबर डेस्क २०८२ असार २४ गते मंगलबार ०७:०३:३० मा प्रकाशित

असार २४,सल्यान 
सडक माथिबाट पहिरो झर्दा राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ– सल्यानको सिमाना सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोलामा पहिरो झर्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । 

मंगलबार (आज) बिहान करिब ६ बजेतिर सडकमाथिबाट ठूलो पहिरो झरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । पहिरोले सडक अवरुद्ध हुँदा सडक सुचारु नहुँदासम्मका लागि यात्रा नगर्नहुन अनुरोध गर्नु भयो । पहिरो झर्दा लामो तथा छोटो दुरीका यातायातका साधन बिच बाटोमा रोकिएका छन् । समेत पानी परेर सडक हिलाम्मे हुँदा बैकल्पिक बाटोमा सवारी साधन गुड्न सकेका छैनन् । 
अवरुद्ध सडक सुचाररु गराउने पहल भइरहेको प्रहरीको भनाई छ । चोरखोलामा आउने निरन्तरको पहिरोले यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top