ट्रेण्डिङ

होमपेज / समाज

बुवाको पुन्य तिथिमा सल्यान अस्पतालका बिरामीलाई फलफूल र विद्यालयमा शैक्षिक सामाग्री वितरण

  सल्यान खबर डेस्क २०८२ असार २० गते शुक्रबार १५:१८:४० मा प्रकाशित

असार २०,सल्यान
आफ्नो बुवाको पुन्य तिथिको अवसरमा सल्यान सिद्ध कुमाख गाउँपालिका २ का गोविन्द चलाउनेले सल्यान जिल्ला अस्पतालका विरामी र दुई विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।

बुवा ओविराम चलाउनेको तिथिको अवसरमा फजुल खर्च कटाई सल्यान जिल्ला अस्पतालमा रहेका ३२ बिरामीलाई फलफूल वितरण गरिएको गोविन्द चलाउनेले बताउनु भयो । फजुल खर्चलाई व्यवस्थापन गरी सामाजिक कार्यमा खर्च गर्ने सोचका साथ यस प्रकारको कार्य गरेको उहाँको भनाई छ ।

 यस्तै यहाँले अति विपन्न, गरिब, जेहेन्दार र दलित विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने उद्देश्यका साथ देउराली माध्यमिक विद्यालय सिद्ध कुमाख गाउँपालिका २ का २० जना र बाल कल्याण आधारभूत विद्यालय सिद्ध कुमाख गाउँपालिका ३ फलाटेका १२ छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । बाल कल्याण आधारभूत विद्यालयलार्य सात सेट गेम ड्रेस समेत प्रदान गरिएको उहाँको भनाई छ । आधारभुत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यले बुवाको वार्षिक पुन्य तिथिको अवसर पारी बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेको चलाउनेले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top