ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणीका सुनौला हजार दिनका आमाको आर्यआर्जनमा सुधार ल्याउन बाख्रा वितरण

  सल्यान खबर २०८२ असार १९ गते बिहीबार ०६:५७:१७ मा प्रकाशित

असार १९,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै बाख्रा वितण गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक ससर्त बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनोला हजार दिनका आमाहरुको आयआर्जनमा सुधार ल्याउन भन्दै ५६ बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । 

प्रगतिशिल महिला समूहका २८ सुनौलो हजार दिनका आमाहरुलाई ५६ वटा बाख्रा वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनु भयो । 
आर्थिक अभावमा पोषण युक्त खानेकुरा उपभोगबाट बञ्चित आमाहरुका लागि पोषणमा सुधार ल्याउन यसबाट मद्यत पुग्ने त्रिवेणी गाउँपालिका उपाध्यक्ष सीता खड्का पुनले बताउनु भयो । 

बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले विकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने उहाँको भनाई छ । गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरि २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुन्छ ।  त्यसै कारणले यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी ध्यान दिनुपर्दछ उहाँले भन्नु भयो ।                   
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top