ट्रेण्डिङ

होमपेज / समाज

राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८२ असार १६ गते सोमबार १९:०४:२४ मा प्रकाशित

असार १६,सल्यान 
वर्षासँगै आएको पहिराले राप्ती राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । राप्ती राजमार्गको दाङ– सल्यान सडकखण्डको कपुरकोट गाउँपाकिला ३ चोरखोलामा  पहिरो झन्र्दा सडक अवरुद्ध भएको हो । साँझ ६ बजेतिर सडक माथिबाट  पहिरो झर्दा सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

चोरखोला आइरहने पहिरोले यात्रुहरुले पटक पटक सास्ती भोग्दै आइरहेका छन् । सडक सुचारु नहुँदासम्मका लागि यात्रा नगर्नहुन जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनु भयो । वर्षात भइरहेको र रात पनि परेकाले तत्काल पहिरो हटाएर सडक सञ्चालन गाह्रो रहेको उहाँको भनाई छ ।

पहिरो गएपछि गन्तव्यमा हिडेका यातायातका साधन बिच बाटोमा अलपत्र परेका छन् । साना सवारीका साधन वैकल्पिक बाटोबाट गन्तव्यमा हिडेपनि ठूला सवारी साधन भने बिच बाटोमा नै रोकिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top