ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा २२ औं धान दिवस  तथा रोपाई महोत्सव 

रोपाई प्रतियोगिता

  सल्यान खबर डेस्क २०८२ असार १५ गते आइतबार १७:४६:४४ मा प्रकाशित

असार १५,सल्यान 
आज २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव । नेपाली किसानका लागि मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा आजको दिनको विशेष महत्व रहेको छ । 
सल्यानमा  पनि २२ औं धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता भन्ने मुल नाराका साथ आज सल्यानका विभिन्न स्थानमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

शिवजन माध्यमिक विद्यालय शिलतपाटीबाट सुरु भएको रोपाई ¥याली जिल्लाको मुख्य व्यपारिक केन्द्र श्रीनगरबजार परिक्रमा गरी शिवजन माध्यमिक विद्यालयको खेतमा पुगेर रोपाईमा परिणत भएको थियो । 

कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालीहरुको मुख्य खाद्यन्नबालीको रुपमा रहेको धानखेतीलाई प्रविधियुक्त बनाउदै खेतीयोग्य जमिनको संरक्षणमा जोड दिनु पर्ने बताएका छन् । कृषि क्षेत्रको व्यवसायीकरण र विविधिकरण मार्फत खाद्यन्नमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको बताएका छन् ।, जलवायु मत्री प्रविधिको अवलम्बन गरेर उत्पादन वृद्धि गर्न र धान र चामलको आयत प्रतिस्थापन गर्न आवश्यक रहेको बताएका छन् । 

रोपाई प्रतियोगिता
धान दिवस तथा रोपाई महोत्सवको अवसमार सल्यान श्रीनगरमा सम्पन्न रोपाइ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अठार महिने कृषि जेटिएको टिम प्रथम भएको छ ।
 यस्तै आइएसी एजी चौथो सेमेन्स्टरको टिम दित्तिय, द एक्टिभ ग्रुप तितृय र आइएसी एजी छैटौं सेमेस्टरको टिम सान्त्वना भएको छ । प्रतियोगिलाई पुुरस्कार समेत प्रदान गरिएको छ । 

 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top