ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जेष्ठ नागरिक र अपाङ्गतालाई छाता र झुल सहित सम्मान 

  सल्यान खबर डेस्क २०८२ असार १३ गते शुक्रबार १८:१७:१७ मा प्रकाशित

असार १३,सल्यान 

सल्यानमा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई छाता र झुल सहित सम्मान गरेको छ । सल्यानको सिद्ध कुमाख गाउँपालिका १ ले वडाका २ सय १ जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई शुक्रवार घाम पानीबाट बचाउन छाता र लामखुट्टेबाट बचाउन झुल वितरण गरेको हो ।

वर्षायाममा झरीबाट बच्न छाता र लामखुट्टेबाट लाग्ने रोगबाट बच्न झुल वितरण गरिएको वडाध्यक्ष रमेश चलाउनेले बताउनु भयो । उहाँका अनुसार शुक्रवार दिउँसो वडा कार्यालयमा नै जेष्ठ नागरिक तथा अपाङ्गता व्यक्तिलाई सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।  ६८ वर्ष माथिका जेष्ठ नागरिक १६६ जना,  क र ख वर्गका अपाङ्गता भएका १३ जना र र ६० वर्ष उमेर माथिका दलित जेष्ठ नागरिक २२ गरी २०१ जनालाई सम्मान गरिएको उहाँको भनाई छ । 

वृद्धावस्थामा हिँडडुल गर्दा घामपानी र लामखुट्टेको टोकाइबाट बच्न सहज होस भनेर छाता र झुल वितरण गरिएको वडाध्यक्ष चलाउनेले बताउनु भयो । 

छाता पाएपछि वृद्ध वृद्धा तथा शारीरिक रुपमा अपाङ्गता भएका नागरिकले जनप्रतिनिधिलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top