ट्रेण्डिङ

होमपेज / समाज

राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका भरतनाथ योगी पुरस्कृत

  सल्यान खबर डेस्क २०८२ असार ११ गते बुधबार १४:१२:२१ मा प्रकाशित

असार ११,सल्यान 
राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सल्यानका किसान भरतनाथ योगी पुरस्कृत हुनु भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा सुन्तला खेती तर्फबाट योगलाई पुरस्कृत गरिएको हो । 

 बागचौर नगरपालिका ८ मा व्यवसायिक सुन्तला खेती गर्दै आइरहनु भएको छ । पुरस्कृत योगीलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । 
 तीन दशकअघिदेखि कृषि पेसामा संलग्न योगी पुरस्कार पाउँदा ठुलो हौसला मिलेको बताउनुहुन्छ । सम्भावनाको खोजी गर्ने क्रममा आफ्नो जन्मभूमिमा केही गर्न सकिन्छ कि भनेर २०५२ सालदेखि एक सय बोटबाट सुन्तला खेती सुरु गर्नुभएका योगीले हाल ९५० बोटको सुन्तला बगैँचा बनाउनुभएको छ । 

 नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयद्वारा स्वीकृत ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१’ अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रूपमा छानिएका १४ जना कृषकहरूलाई  सम्मान गरेको हो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top