होमपेज / समाज
असार ९,सल्यान
सल्यानका एक परिवारले स्वर्गीय आमाबुवाको सम्झनामा विद्यालयमा अक्षयअक्षयकोष स्थापना गरेका छन् ।
सल्यानका बागचौर नगरपालिका ६ का सर्वजीत वलीको परिवारले श्री नविन भवानी आधारभूत विद्यालय बागचौर नगरपालिका ६ देउरालीडाँडामा ५१ हजार राशीको अक्षयकोष स्थापना गर्नु भएको हो ।
सोमबार आमा देविसरा वली र बुवा बिक्रम वलीको सम्झनामा अक्षयकोष स्थापना गरिएको सर्वजीत वलीले बताउनु भयो । बुवा बितेको १ वर्षको दिन पारेर गाउँमा रहेको विद्यालयमा जेहेन्दार, गरिव विपन्न बालबालिकालाई पढाईमा सहयोग पुगोस भन्ने सोचका साथ अक्षयकोष स्थापना गरिएको उहाँको भनाई छ ।
अक्षयकोष गुणस्तरीय शिक्षाका लागि एक आधार स्तम्भ भएको वलीको भनाई छ । उहाँले भन्नु भयो यसले विद्यालयलाई कर्तव्यबोध गराउने छ ।
अक्षयकोष स्थापनार्थ वलीको परिवारले विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नगद रुपैयाँ हस्तान्तरण गर्नु भयो । रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम बस्नेतले आर्थिक अभावकै कारण पढन् पाउने अधिकारबाट बालबालिका बञ्चित हुनबाट रोकिने बताउनु भयो । यस प्रकारको सामाजिक कार्यले सबैलाई सकारात्मक प्रेरणा प्रदान गर्ने उहाँको भनाई छ ।





.jpg)