ट्रेण्डिङ

होमपेज / समाज

 त्रिवेणी गाउँपालिकाद्धारा छ उत्कृष्ट किसान सम्मानित 

  सल्यान खबर डेस्क २०८२ असार ६ गते शुक्रबार १७:२६:४२ मा प्रकाशित

असार ६,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले कृषि क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ६ किसानलाई सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारबाट  कृषि क्षेत्रका तीन र पशुपालन तर्फका तीन गरी छ किसानलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा गौरीददी बाख्रापालन फर्क त्रिवेणी ४ की सुक कुमारी रोका, महतरा कृषि तथा पशुपंछी फर्मका त्रिवेणी ३ का सावित्रा महतरा, वली प्रगतिशिल भैसी पालन उद्योग त्रिवेणी ३ का गिरिराज वली, न्यु बागेश्वरी कृषि तथा फलफूल फर्म त्रिवेणी ३ का पोखर सिहं डाँगी , नमस्ते त्रिवेणी कृषि तथा पशुपंछी फर्म त्रिवेणी ४ का पोषणराज रावत र गोकर्ण कृषि तथा पशुपंछी फर्म त्रिवेणी ३ का ज्ञान बहादुर खत्री रहेका छन् । 

उत्कृष्ट हुने ६ किसानलाई २० हजार नगद सहित सम्मान गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले बताउनुभयो । 
गाउँपालिकाले ७५  किसानको बिमा प्रिमियम अनुदान समेत वितरण गरेको छ । पालिका भित्रका विभिन्न ७५ किसानका ११ बाख्रा, र ११२ वटा भैसीको बिमा बापतको १करोड ४ लाख ८७ हजार मध्ये पालिकाले ५७ हजार ९ सय ९० रुपैयाँ  अनुदान वितरण गरेको उहाँको भनाई छ ।
यस्तै गण्डकी बुहउश्यीय कृषि फर्म त्रिवेणी गाउँपालिका ६ लाई ३५ हजार र कारेबास बहुउद्देश्यीय कृषि फर्म त्रिवेणी ३ लाई ३० हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । 

पालिकाले आज नै उत्पादनमा आधारित अनुदान समेत वितरण गरेको छ । कृषकको उत्पादन गाउँपालिकाकको अनुदान कार्यक्रम अन्तर्गत ४३४ बाख्रा पालक कृषकलाई अदुदान वितरण गरेको छ । 
चालु आर्थिक वर्षमा पालिका भित्रका चार विभिन्न सहकारी संस्थाबाट १ हजार ५ सय ८८ खसी बोका बिक्री हुँदा ३ करोड २६ लाख ४३ हजार ६ सय ३ रुपैयाँ पालिकामा भित्रिएको रावतको भनाई छ । गत आर्थिक वष २ करोड ३६ लाखको खसीबोका निकासी भएको थियो । गाउँपालिकाले सूचिकृत सहकारीबाट खसीबोका बिक्रिी गरेको प्रतिकिलो २० रुपैयाँ अनुदान दिदै आइरहेको छ । त्यसका कारण एक सय किलो बढीको खसीबोका बिक्री गर्नु पर्ने छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top