ट्रेण्डिङ

होमपेज / समाज

चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८२ असार ६ गते शुक्रबार ०७:४४:४६ मा प्रकाशित

असार ६,सल्यान 
सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट –दाङ सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा अविरल वर्षासँगै आएको पहिराले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । 

गएराती झन्डै १० बजेदेखि झरेको पहिरो झर्ने क्रममा नरोकिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो । शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने कार्य जारी रहेता पनि वर्षाका कारण पहिरो झरि रहेकाले समस्या भएको उहाँको भनाई छ । पहिरो रोकिएमा झरेको पहिरो हटाएर सडक सूचारु गर्द दुई तीन घण्टा लाग्ने उहाँको भनाई छ ।सडक विभागको मेसिनले पहिरो हटाउने कार्य भइरहेको पुनले बताउनु भयो । 

चोरखोलामा निरन्तरको पहिरोले राजमार्ग पटक पटक अवरुद्ध हुँदै आइरहेको छ । गएराती देखि पहिरो झर्दा लामो तथा छोटो दुरीका यातायातका साधन बिच बाटोमै अलपत्र परेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top