ट्रेण्डिङ

होमपेज / समाज

छत्रेश्वरीको दुर्गम गाउँ बांगेसल्लामा लिफ्ट प्रविधिबाट खानेपानी पुगेपछि स्थानीय ढंग

  सल्यान खबर डेस्क २०८२ असार २ गते सोमबार २१:४०:५७ मा प्रकाशित

माथी डांडाको बस्ती । प्राकृतिक रुपमा र जडिबुटी एवम कृषि उत्पादनले महत्वपूर्ण क्षेत्र । तर पुस्तौं अघिदेखी खानेपानीको समस्या व्यहोर्दै आएको सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को विकट र दुर्गम गाउँ बांगेसल्ला । लिफ्ट प्रणालीको खानेपानि योजना सम्पन्न भएर संचालनमा आएपछी यहाका नागरिकले चार घण्टा खानेपानी बोक्न उकाली ओराली गर्नुपर्ने बाध्यता हटेको छ ।

 एक औपचारिक कार्यक्रमबीच उक्त खानेपानी योजनाको उद्घाटन गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाले १४ लाख ७० हजार रुपैयाँ तथा थप अपुग रकम १ लाख गरेर १५ लाख ७० हजार अनुदानमा र स्थानीयहरुको श्रमदान वापत १ लाख ४७ हजार रुपैयाँ लागतमा ३५० मिटर तलबाट लिफ्ट प्रणाली मार्फत विकट बस्ती बांगेसालमा खानेपानीको सुविधा पुर्याएको हो ।

यस योजना अन्तर्गत ३३६ मिटर जिआई पाइप, ७१० मिटर पोलिथिन पाइप विस्तार गरिएको छ भने ८ घरमिटरको पक्की टंकी, ११ वटा धारा बनाइएको छ । यस्तै ५९० वाटको १० वटा सोलार पाता एवम् ५ हर्सपावरको मोटर समेत जडान गरिएको छ ।

खानेपानी उपभोक्ता तथा योजना निर्माण समितिका अध्यक्ष अम्बर विकले ४३ दिनको अवधिमा योजना सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार कुल १४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने गाउँका सबै नागरिकको जीवनस्तरमा प्रत्यक्ष फाइदा पुगेको छ ।

उद्घाटन कार्यक्रममा स्थानीयहरुले निकै खुसी व्यक्त गर्नुभएको थियो । सहभागि जेष्ठ नागरिकहरुले विगतमा आफुहरुले २ देखि ४ घण्टासम्म पानीको जोहो गर्न समय लाग्ने गरेको भन्दै घरघरमै धारा आउला भन्ने कल्पना नै नगरेको अवस्थामा गाउँपालिकाले योजना सञ्चालन गरेपछि त्यो सम्भव भएको बताउनुभएको थियो ।

वडा नं ४ का वडा अध्यक्ष छविलाल खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, विशिष्ट अतिथीको रुपमा उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, भुमी समस्या समाधान आयोग सल्यानका सदस्य ज्ञान बहादुर खड्का, कार्यपालिका सदस्य तुल्सा विक, पवित्रा डाँगी र वडा सदस्य पोखराज खड्का, निवर्तमान वडा अध्यक्ष नेव बहादुर खड्का लगाएतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वडा नं ३ का वडा सदस्य निम बहादुर बुढा, गाउँपालिका स्थित सचिवालयका स्वकीय खडग शाही, प्रेस सल्लाहकार शंकर केसी, रोजगार संयोजक पवन केसी, रोजगार सहायक निराजन बुढाथोकी, प्राविधि सन्दीप शर्मा, वडा सचिव दिपेन्द्र शाही लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा प्राविधक जनक घर्तीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top