ट्रेण्डिङ

होमपेज / समाज

चोरखोलाको पहिरोले राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८२ असार २ गते सोमबार ०८:३६:४९ मा प्रकाशित

असार २,सल्यान 
सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरो जाँदा राप्ती राजमार्ग गएरातीदेखि अवरुद्ध भएको छ ।  राप्ती राजमार्ग अन्तर्गत कपुरकोट – दाङ सडकखण्डको चोरखोलामा वर्षा पछि आएको पहिरोले सडकपूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

सडकमाथिबाट आएको ठूलो पहिरोका कारण पहिरो हटाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । प्रहरी र सडक विभागको टोली पहिरो स्थलमा रातीनै पुगेर पहिरो हटाउने कार्य भइरहेको उहाँको भनाई छ । 
चोरखोलामा निरन्तर पहिरो जाँदा पटक पटक राजमार्ग अवरुद्ध हुँदै आइरहेको छ । सडक अवरुद्ध हुँदा यातायातका साधन बिचबाटो नै अलपत्र परेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top