ट्रेण्डिङ

होमपेज / समाज

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

  सल्यान खबर डेस्क २०८२ जेठ ३० गते शुक्रबार १४:०२:३३ मा प्रकाशित

जेठ ३०,सल्यान 
निरन्तरको वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट – दाङ सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार बिहान देखि नै राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

कपुरकोट गाउँपालिका ३ को चोरखोला र दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री खण्डमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । सल्यान – दाङ सिमानामा झरेको पहिरो हटाए पनि चोरखोलामा ठूलो पहिरो जाँदा सडक सञ्चालन हुन समय लाग्ने उहाँको भनाई छ । वर्षात भइरहदा पहिरो हटाउन समस्या भएको खत्रीको भनाई छ । 

बिहानै देखि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेको सयौं गाडी बिच बाटोमा अलपत्र परेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top