होमपेज / समाज
जेठ ३०,सल्यान
सल्यानको विभिन्न स्थानमा परेको चट्याङ पर्दा एक महिला घाइते हुनु भएको छ भने चार बाख्रा मरेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका ३ सागिने निवासी २४ वर्षीया आरती पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नै घर बाहिर बसी रहेको अवस्थामा चट्याङ लागि पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो । घाइते पुनको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँको भनाई छ ।
यस्तै कालिमाटी गाउँपालिका ५ दमदुवालीमा शुक्रबार बिहान परेको चट्याङले चार बाख्रा परेका छन् । पहलसिहं गाहाको दुर्इं वटा बाख्रा ,२ वटा खसी मरेको र एक बाख्रा घाइते भएको प्रहरीको भनाई छ ।





.jpg)