ट्रेण्डिङ

होमपेज / समाज

कुमाखमा श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रम सम्पन्न

  सल्यान खबर डेस्क २०८२ जेठ २४ गते शनिबार २१:५७:२५ मा प्रकाशित

सल्यान, कुमाख – जेष्ठ २४ 

कुमाख गाउँपालिका वडा नं ३ इख्रेखोला स्थित सिस्नेरी खोलाको मुहान क्षेत्रमा कुमाख गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा एक दिने ूश्रमको सम्मान, राष्ट्रको अभियानू कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ६० भन्दा बढी स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको क्रममा मुहान संरक्षणका लागि पहिरो नियन्त्रण गर्न तार जाली भर्ने, तार जालीको लागि आवश्यक पर्ने  ढुंगा बोक्ने, र मुहानसम्म पुग्ने गोरेटो बाटो मर्मत–सम्भार गर्ने जस्ता श्रमजन्य कार्यहरू सञ्चालन गरिए। सहभागीहरूले स्वेच्छिक श्रमद्वारा खानेपानी स्रोतको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।
कार्यक्रममा रोजगार सेवा केन्द्रका प्रमुख जीवन शर्माले भन्नुभयो, श्रमको सम्मान गर्दै समुदायमा श्रमिकको योगदानलाई प्रोत्साहन गर्नु यस अभियानको मूल उद्देश्य हो। यस्ता कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना र श्रमप्रति सकारात्मक सोच विकास गर्न मद्दत पुर्‍याउँछ।

खानेपानी उपभोक्ता समूहका अध्यक्ष धन बहादुर हमालले कार्यक्रमप्रति आभार प्रकट गर्दै भन्नुभयो, समुदायको स्वेच्छिक सहभागिताबाट मुहान संरक्षण सम्भव भएको छ। यस्तो अभियानले सामुदायिक एकता, स्रोत संरक्षण र श्रमको सम्मानलाई एकैसाथ अघि बढाएको छ।
कार्यक्रमले श्रमको गरिमा प्रवर्द्धन गर्ने, स्रोत संरक्षणमा जनसहभागिता बढाउने र स्थानीय पूर्वाधार विकासमा श्रमिकको भूमिका बलियो बनाउने उद्देश्य हासिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top