ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

  सल्यान खबर डेस्क २०८२ जेठ २१ गते बुधबार २१:५६:१६ मा प्रकाशित

जेठ २१,सल्यान
सल्यानमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पालिका भित्रका १४ अन्तरजातिय विवाह गर्ने जोडीलाई सम्मान गरेको हो । 

गाउँपालिकामा दलित र गैर दलित समुदायबिच विवाह गरेर सामाजिक सद्भाव र समानताको उदाहरण प्रस्तुत गर्ने जोडीहरूलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ  । १४ जोडीहरूलाई नगद एक÷ एक हजार रुपैयाँ र खादाले सम्मान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख हिरा वलीले जानकारी दिनुभयो ।
कार्यक्रमका वक्ताहरूले समाजमा विद्यमान जातीय छुवाछुतजस्ता विभेदकारी अभ्यासको अन्त्य गर्न सबैको प्रयास आवश्यक रहेकोमा जोड दिनुभएका थिए  । गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले  छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहले सकारात्मक भूमिका खेल्ने बताउनु भयो । अन्तरजातीय विवाह गर्ने युवाहरूले नयाँ सामाजिक चेतना फैलाएको समेत उहाँको भनाई छ  ।

सम्मानित भएका जोडीहरूले यस प्रकारको सम्मान पाउँदा आत्मबल बढेको र समाजको दृष्टिकोण परिवर्तन हुँदै गएको महसुस भएको बताएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top